नियम ९६
सैनिक प्रहरीको योग्यता र पदपूर्ति
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सैनिक प्रहरीको योग्यता देहाय बमोजिम हुनु पर्नेछः–
(क) सिपाहीदेखि सुवेदारसम्मको लागि प्रवेशिका परीक्षा वा सो सरह उत्तीर्ण भएको वा आर्मी फष्ट क्लास पास गरेको,
(ख) पुरुषको हकमा कम्तीमा पाँच फिट छ इन्च र महिलाको हकमा कम्तीमा पाँच फिट दुई ईन्च उचाई भएको,
(ग) कुनै पनि अनुशासन सम्बन्धी अभियोग नलागेको ।
(२) उपनियम (१) बमोजिमको योग्यता पूरा भएको सैनिक व्यक्तिलाई अन्य युनिटबाट सरुवा गरी सैनिक प्रहरीमा पदपूर्ति गरिनेछ ।